सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैबीच मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो । यसरी मुद्दा फिर्ता लिएका व्यक्तिको सूचि सार्वजनिक गरिने र यो क्रम चलिरहने समेत उहाँले बताउनुयो ।

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचिसहित)

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचिसहित)

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता लिने सरकारको निर्णय (सूचिसहित)