पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७२ सहित देशभर थप २६१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
७५२५ पीसीआर परीक्षणबाट २४८६ र ११४३ एन्टिजेन परीक्षणबाट १३३ जना गरी जम्मा २६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्ये उपत्यकाको काठमाडौँमा ६४४ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा १४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना सङ्क्रमित निको भएका छन् भने १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ को मृत्यु र थप ६ को मृत्यु पुष्टि भएको हो । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।








