पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १०५१ सहित देशभर थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
जसमध्ये उपत्यकाको काठमाडौंमा ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जना गरी काठमाडौ उपत्यकामा मात्र १०५१ मा कोरोना संक्रमण पुष्टि छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् ।








