नेकपा एमालेले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित सो समूहका प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, खनालसहित प्रतिनिधिसभाका २७ र फ्लोर क्रस गरेर माओवादीलाई मत दिने कर्णालीका ५ सांसदलाई स्पष्टीकरण माग गरेका हुन ।
दलका नेता ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा तपाईंलाई किन कारवाही नगर्ने रु भनी प्रश्न गरिएको छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले भाइबर, इमेल र पिजन होलमार्फत पत्र पठाइएको जानकारी दिए ।



स्पष्टिकरण सोधिएका सांसदका नामावली
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भूसाल
५. पवित्रा निरौला खरेल
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानीप्रसाद खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेशकुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरलाकुमारी यादव
२४. कृष्णलाल महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द न्यौपाने
२७. रामकुमारी झाँक्री
कर्णाली प्रदेशका सांसदः
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्मरबहादुर थापा
५. देवी ओली








