पछिल्लो २४ घण्टामा देशभर थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ ।
आरटीपीसीआर परीक्षणबाट १२२७ जनामा र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा पोजिटिभ परिणाम आएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा २५५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७५ हजार ५५५ पुगेका छन ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३०९१ जनाको मृत्यु भएको छ ।








