नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

१४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

बैठक सुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो ।

छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो ।

कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ।