नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को पाँचौ वार्षिक साधारणसभाले नेपाल थोपा सिंचाईका संस्थापक खोजराज कटवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
त्यसैगरी नयाँ कार्यसमितिको उपाध्यक्षमा द हब्बी ट्रेडर्सका सञ्चालक उमेश मानन्धर, महासचिवमा एसकेटी नेपालका सञ्चालक कृष्ण प्रसाद शर्मा, सचिवमा कुवेर एन्ड सन्सका सञ्चालक झमक प्रसाद घिमिरे (जेपी), कोषाध्यक्षमा जी सेभेनका सञ्चालक अर्जुन प्रसाद लुइटेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सलोम एग्रीकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारी, दाहाल ट्रेडिङ कन्सर्नका सञ्चालक दुर्गा दाहाल, आधुनिक कृषि किसान सञ्चारका सञ्चालक राजाराम तिवारी, श्रेष्ट एग्री इन्पुटका सञ्चालक गौरव श्रेष्ठ, नाफ्सिट प्रालिका सञ्चालक गौतम महर्जन, एग्रो भिजनका सञ्चालक राजेन्द्र जंग रायमाझी, आरएन्डडी इनोभेटिभ सोलुसनका सञ्चालिका सुनिता नेमाफुकी र एडभान्स कृषि सोलुशनका सञ्चालक केशव गैरे निर्वाचित भएका छन् ।








