अबदेखि काठमाडौ उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षणका लागि हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउनेर सम्पर्क व्‍यक्ति तोक्न समितिले निर्देशन दिएको छ । उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयले उपलब्ध गराउने र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै समितिको बैठकले सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई स्थगित गर्न पनि निर्देशन दिएको छ र गर्नैपरे स्वास्थ्य मापदण्ड पालना गर्न समितिले आग्रह गरेको छ ।

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ९आफ्नो नगरपालिका भित्र एक९एक वटा आइशोलेसन रक्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य, सार्वजनिक स्थानमा कार्यक्रम नगर्न निर्देशन