गोरखामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ, भने सात जना घाइते भएका छन् ।गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ को राङरुङमा भइको जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न नसकेको जनाइएको छ । घाइते ७ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार बारपाकमा भ्रमण सकेर फर्केका लमजुङका यात्रु चढेको ना ५ च ३२९८ नम्बरको बोलेरो जीप सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो ।
आज साँझ ६ बजेतिर दुर्घटनामा परेको जीपमा रहेका ९ जना लमजुङ बिचौरका बासिन्दा भएका जनाइएको छ ।
घाइतेलाई उद्धार गरेर अस्पतालतर्फ ल्याउँदै गरिएको छ ।








