पछिल्लो २४ घण्टामा देशभर थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १६१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७३ हजार १२३ जना पुगेका छन ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको र हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०३२ पुगेको मन्त्रालयले जनाएको छ ।








