पछिल्लो २४ घण्टामा देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७७ हजार ६४० जना पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७२ हजार ९६२ जना पुगेका छन ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०३१ पुगेको मन्त्रालयले जनाएको छ ।








