राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्नुभएको छ ।
शुक्रबार भृकुटीमण्डमा आयोजित समारोह कार्यक्रममा राष्ट्रपति भण्डारीले ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खड्कुलोमा पानी थापेर मेलम्चीको पानी वितरणको औपचारिक सुरुवात गर्नुभएको हो ।
समारोह कार्यक्रममा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको थियो । अब सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने पनि बताइएको छ।








