नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । दुवै नेतालाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएको बालुवाटार श्रोतले जनाएको छ ।

यस्तै नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई पार्टीले स्पष्टीकरण सोधेकोमा स्पष्टीकरणको जवाफ प्राप्त नभएकाले अविलम्ब स्पष्टीकरणको जवाफ दिन भनिएको जनाइएको छ ।