सरकारले निलम्बित सांसद रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन गरिएको वार्ताटोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन ।
थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन ।
प्रवक्ता गुरूङले आजदेखि नै सम्बन्धित सभासँग वार्ता हुने बताएका छन् ।








