देशैभरका मुख्य शहरसहित काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो वर्षकै उच्च वायु प्रदूषण मापन भएको छ । जसका कारण मध्यान्हबाटै तुवालो लागेजस्तो देखिएर शहर नै धुम्म बनेको छ भने आखा पोल्ने समस्या देखिएको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै दोस्रो वायु प्रदूषितको शहरमा राखेको हो ।
काठमाडौंमा प्रदुषण बढेर भिजिविलिटी कम हुदा हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्नबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापना छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ ।
वायु प्रदुषका कारण भिजिविलिटी कम भएकोले शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्रभावित भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थल स्रोतले जनाएको छ । जसमा सबैभन्दा धेरै भरतपुरको उडानहरु प्रभावित भएको विमास्थल स्रोतले जनाएको छ ।
नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौको आकाशमा प्रदुषण छाएको विज्ञहरुको भनाइ छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।
विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।








