नयाँ बसपार्कमा रात्रि बसलाई ट्राफिकले चिट काटिदिएपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले रिङ्गरोड नै बन्द गरेका हुन् ।
यातायात व्यवसायीले सडक बन्द गरेपछि कार्यालय हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।
रात्रि बसले कुनै गल्ती नगरे पनि ट्राफिकले चिट काटेको भन्दै बस संचालकहरूले बसपार्क पुग्नु अगावै गोंगबुमा सडकमै बस रोकेर हिँडेका छन् । सोही कारण बसहरूको जाम लागेर रिङरोड अवरूद्ध भएको हो ।








