नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन लिने निर्णय नेकपा एमालेले गरेको हो । हाल कर्णाली प्रदेशमा माओवादी केन्द्रकोतर्फबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेका छन ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना तीन जना मन्त्रीलाई ५ दिनभित्र फिर्ता हुन निर्देशन दिने निर्णय भएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिएका छन ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन ।

संसदीय दलको बैठकमा एमालेका २० जना सांसद मध्ये ओलदी समूहका १० जना मात्रै सहभागी थिए । खनाल नेपाल समूहका सांसदहरु संसदीय दलको बैठकमा अनुपस्थित रहेका थिए ।