पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ७५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार ४०१ जना पुगेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको ३०१४ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।








