पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७४ हजार ९७४ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ६३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार ५० जना पुगेका छन ।
यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको र हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको ३०१२ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।








