कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

आइतबार बिहान पहिलो चरणमा काठमाडौं आइपुगेको उक्त खोप स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्रहण गरेका छन ।

सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेकोमा पहिलो खेप तीन लाख ४८ हजार डोज खोप आज नेपाल आइपुगेको हो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।