प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा आज खोप लगाएर दोस्रो चरणको अभियानको औपचारिक शुभारम्भ गरेका हुन ।
त्यस अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि कोभिड-१९ विरुद्धको खोप लगाएकी थिइन ।
सरकारले आजदेखि नै दोस्रो चरणको खोप अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।
यस अभियान अन्तर्गत करीब १६ लाख ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी खोप प्रदान गर्ने लक्ष्य सरकारको छ ।








