नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले पनि सरकारसँग वार्ताका लागि वार्ता समितिघोषणा गरेको छ ।

विप्लव समूहले पार्टीका केन्द्रिय समिति सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा २ सदस्यीय वार्ता टोली घोषणा गरेको हो । टोलीका अर्का सदस्यमा केन्द्रीय सदस्य उदय चलाउने दिपक रहेका छन ।

यसअघि सरकारले आजै गृहमन्त्री रामबहादुर थापा वादलको संयोजकत्वमा डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली घोषणा गरेको थियो ।

विप्लव समूहद्धारा पनि सरकारसँग वार्ताका लागि प्रकाण्डसहित २ सदस्यीय वार्ता समिति घोषणा