पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भट्टराई नेपाल वायुसेवाको जहाजबाट परिवारका केही सदस्यसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे गएका हुन् ।

भट्टराईको सचिवालयका अनुसार उनको समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको पेटमा देखिएको समस्याको परीक्षण हुँदै आएको थियो ।

भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरुले गरेका छन् ।

चिकित्सककै सल्लाहमा उनी स्वास्थ्य उपचारका लागि भारत जान लागेका हुन् । उनको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुनेछ ।