पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ११४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६९ हजार ६१९ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ र योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २०६१ पुगेको छ ।