नेपालमा चीनमा विकास गरिएको कोरोनाविरुद्ध खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । ‘भेरो सेल’ बेइजिङ इन्स्टिच्युट बायोलिजकलले उत्पादन गरेको हो ।
नेपालमा स्वीकृति पाउने यो दोस्रो खोप हो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको कोभिसिल्ड माघ १४ गतेदेखि नेपालमा प्रयोग भैरहेको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप प्रयोग भैरहेको हो ।








