पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ९९ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६९ हजार ३०३ जना पुगेका छन ।
पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रणबाट कसैको मृत्यु नभएको र कोभिड १९ बाट हालसम्म मृत्यु हुनेको कुल संख्या २०५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।








