अबदेखि सरकारी अस्पतालहरुमा मात्रै कोभिड १९ को उपचार हुने भएको छ । यसअघि सरकारले सरकारी अस्पताल तथा मेडिकल कलेज अस्पतालहरुलाई कोभिड १९ उपचारका लागी भनी तोकेको थियो ।
कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजहरुमा बुधबारसम्म भर्ना भई उपचाररत संक्रमितहरुको अबको १० दिनसम्मको मात्रै शोधभर्ना उपलब्ध गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सरकारी प्रयोगशालाहरुमा कोभिड १९ पिसीआर परीक्षणको शुल्क समायोजन गरी प्रति परिक्षण १ हजार रुपयाँ कायम गरिएको छ ।








