प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका ४९ वर्षीय राईले २३ वर्षीया शेर्पासँग विवाह गरेका हुन् ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषा लगाएका छन् ।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरुको उपस्थितीमा विवाह भएको छ ।








