पछिल्लो २४ घण्टामा देशभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४०० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने १९५९ पुगेको छ ।