पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ४०५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६० हजार १७७ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने १९४३ पुगेको छ ।








