यही पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको सातौं तथा हिउदे अधिवेशन आजदेखि अन्त्य भएको छ । यो अवधिमा राष्ट्रियसभाको बैठक जम्मा ४ दिन बसेको थियो ।

आज बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउदै संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा सुनाएका हुन ।

मन्त्रिपरिषदको आजै विहान बसेको बैठकले चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अध्यक्ष तिमिल्सिनाले सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले चालु अधिवेशन अन्त्य भएको सभालाई जानकारी गराएका हुन ।