पछिल्लो २४ घण्टामा देशभर थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ६९९ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ५७ हजार ९२८ जना पुगेका छन ।








