पछिल्लो २४ घण्टामा देशभर थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ५६ हजार १६१ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।