प्रदेश नं २ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलको नेता सत्यनारायण मण्डल विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ ।

संसदीय दलको नेतालाई हटाउन प्रदेश २ को प्रमुख प्रतिपक्ष दल नेकपाको संसदीय दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको प्रदेशसभा सदस्य शत्रुधन महतोले बताउनुभयो ।

उहाँले नेकपाको ३२ प्रदेशसभा सदस्यहरु मध्ये १७ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।