पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १६७ सहित देशभर थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा ७४८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ५३ हजार १०७ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ पुगेको छ ।