पछिल्लो २४ घण्टामा देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा ७३१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ५१ हजार ३१२ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।








