पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७९ सहित देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना संक्रमित भेटिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ८९२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ८ हजार २९२ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।