पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१८ सहित देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २५०, ललितपुरमा ३४ र भक्तपुरमा ३४ जना संक्रमित भेटिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ९५२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ४६ हजार ६६१ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।