नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बालुवाटारमा बसेको बैठकले पार्टीको प्रवक्ता प्रदिप ज्ञवालीलाई बनाउने र महाधिवेशन २०७८ मंसिर २ देखि ६ सम्म गर्ने निर्णय गरेको छ ।
यसअघि आजै ओली पक्षले ५५६ जना केन्द्रिय सदस्य थपेर ११९९ सदस्य महाधिवेशन आयोजक कमिटी घोषणा गरेको थियो ।
बैठकले पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकसमेत बोलाउने निर्णयसमेत गरेको छ ।








