संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता कलमबहादुर खत्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।

आइतबार राष्ट्रपतिले संसद विघटनको घोषणा गरेसँगै यसको बदरका लागि धेरै कानुन व्यवसायीहरु सर्वोच्चमा रिट दर्ताका लागि पुगेका हुन ।

सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा आज सोमबार थप ६ वटा रिट पेस भएको तथा रिट पेश गर्ने क्रम चलिरहेकाले यो संख्या अझै बढन सक्ने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

पोखरेलले रिट आउने क्रम जारी रहेपनि रिटको प्राविधिक पक्षबारे अध्ययन भैरहेको र सो प्रक्रिया पुरा भएपछि मात्र दर्ता प्रक्रिया सुरु हुने बताए ।

‘अहिले हामी संसद विघटन गर्ने सरकारको निर्णय वदरको मागसहित सर्वोच्च अदालतमा रिट दर्ताको प्रक्रियामा छौ’ अधिवक्ता खत्रीले भने ‘संविधानमै नभएको अधिकार प्रयोग गरेर जुन संसद विघटन गर्ने काम भएको छ यो सरासर गलत हो र यो वदर हुनुपर्छ भन्ने हामी सबै कानुन व्यवसायीको माग हो ।’