संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम राईलाई सिफारिश गरेको छ ।

गत मंसिर ३० गते परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतमा बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिश गरेको थियो । गोप्य राखिएको उक्त निर्णयसम्बन्धि पत्र संसदीय सुनुवाईका लागि भन्दै संसद सचिवालयमा आज पुगेको हो ।

तर संवैधानिक परिषदले सिफारिश गरेको पत्र संसदमा दर्ता हुँदा नहुँदै प्रधानमन्त्री ओलीले संसद ने भंग गरिदिनुभएको छ । अब संसद विघटनको निर्णय अदालत पुगेन वा पुगे पनि विघटनकै पक्षमा निर्णय आएमा राई संसदीय सुनुवाई बिनै ४५ दिनपछि आयोगमा नियुक्त हुनुहुनेछ ।

राईसँगै संवैधानिक निकायका अरु केही पदमा पनि सिफारिश गरिएको परिषदका सदस्य राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनाएका छन ।