गृह मन्त्रालयले उपत्यकाको ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापना गरेको छ ।
शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडिओहरुको सरुवा तथा पदस्थापना गरेको हो ।
मन्त्रालयले ललितपुरसहित महोत्तरी, धनकुटा, गुल्मी, रामेछाप, भोजपुर, डोल्पा, सिरहा, खोटाङ, मुगु, पाचथर र तेह्रथुमका सीडीओ फेरेको हो ।
यसक्रममा मन्त्रालयले ललितपुरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत सहसचिव ढुण्डी प्रसाद निरौलालाई ल्याएको छ ।
हेर्नुहोस सरुवा तथा पदस्थापना भएका सीडीओहरुको सूचि









