पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ सहित देशभर थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५१ हजार ६५२ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना क्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा ८४७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ३९ हजार ४ सय १६ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।