पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ सहित देशभर थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो चौबीस घण्टामा १९९६ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७३० पुगेको छ ।