पछिल्लो २४ घण्टामा देशभर थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
उपत्यकाको काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो चौबीस घण्टामा १००५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ६९८ पुगेको छ ।








