पछिल्लो २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा १२७१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ३२ हजार ८७२ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा ११ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ ।








