पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८५ सहित देशभर थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १६२८ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख २७ हजार ४३३ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २० जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १६१४ पुगेको छ ।