पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८५ सहित देशभर थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
उपत्यकाको काठमाडौंमा ३५१, भक्तपुरमा ५९ र ललितपुरमा ७५ जना संक्रमित थपिएका हुन ।
यस्तै पछिल्लो चौबीस घण्टामा १७५२ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ जना पुगेका छन ।
यस्तै पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १५९४ पुगेको छ ।








