६० औं किवानीस इन्टरनेशनल क्लब सुनकोशीको अध्यक्षम छेटुप तामाङ निर्वाचित भएका छन् । क्लबको अधिवेशनले युवा पर्यटन व्यवसायी तथा समाजसेवी तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले पच्चीस सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

प्रेसिडेन्ट इलेक्टमा सुबिन्द्र बुढा मगर, भाइस प्रेसिडेन्ट शसि कुमार तितुङ्ग, सचिवमा तेज बहादुर राम्जाली, कोषाध्यक्ष कान्छा लामा, सहसचिव रमिता श्रेष्ठ, सहकोषाध्यक्ष हेमा गुरुङ्ग, मेम्बरशीप चेयरपर्सन विश्व राज तामाङ्ग, पिआर एण्ड मार्केटिङ्ग चेयरपर्सन रबि श्रेष्ठ निर्वाचिन भएका छन् ।

त्यसैगरी डाइरेक्टरमा क्रमश राजकुमार तामाङ्ग, राकेश तामाङ्ग, टक बहादुर गुरुङ्ग (टकेन्द्र), डेनी तामाङ्ग र कृष्ण बहादुर भुजेल, सदस्यमा क्रमशः पासाङ्ग लामा, तुलसी प्रसाद श्रेष्ठ (ध्रुब), कुमारी घले, तेर्साङ्ग तामाङ्ग, पूर्ण बहादुर लिम्बु, मिनार्भा सापकोटा, दिलिप कुमार तामाङ्ग, धन लाल लामा, सुर्य घिमिरे, आशा लिम्बु र लहरे माझि (सुरेन्द्र) निर्वाचित भएका छन् ।

अमेरिकाको इन्डियाना पोलिसमा हेडक्वाटर रहेको किवानिस इन्टरनेशनलले विश्वको ८२ भन्दा धेरै मुलुकहरुमा बालबालिकाहरुको क्षेत्रमा काम गरी रहेको छ ।

क्लबले शिक्षा, स्वास्थ्य र नेतृत्व बिकासको क्षेत्रमा सेवा गर्दै आइरहेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल डिस्ट्रीक्टका गभर्नर पर्यटन ब्यबसायी तथा समाजसेवी मोहन लम्सालले क्लबले सामाजिक क्षेत्रमा काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।