सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल भवनको शिलान्यास गरेको छ ।

आधारभूत अस्पतालका लागि जग्गा प्राप्त गरिसकेका स्थानीय तहमा अस्पताल निर्माणका लागि आज एकैपटक शिलान्यास गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जग्गा प्राप्त नभएका स्थानीय तहहरुले यसै आर्थिक वर्षको अन्त्यसम्ममा अस्पताल निर्माण सुनिश्चित गर्नुपर्ने भएको छ ।

अधिकांश स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

सबै नागरिकको पहुँचमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउन लागेको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख भएअनुरुप पहिलो चरणमा देशभरका २५० भन्दा बढी स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न सोमवार शिलान्यास भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

देशका ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न सोमवार एकैपटक शिलान्यासको कार्यक्रम तय गरिएको हो ।

अधिकांश स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

तीमध्ये केहीमा आफ्नै जग्गा नभएका कारण सोमवार शिलान्यास हुन नसकेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।

शिलान्यास गर्न बाँकी सबै स्थानीय तहलाई चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माणको वातावरण बनाउन सरकारले निर्देशन दिइसकेको छ । अब प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण हुनेछन ।

अधिकांश स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेको सरकारले पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ ।

नागरिकलाई आधारभूत गुणस्तरीय स्वास्थ्यसेवा पुर्याउने लक्ष्य लिएर सोमवार देशभर भएको कार्यक्रममा सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गर्नुभयो ।